ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५७ वटा एटीएम मार्फत् सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा