यात्रा अबधिमा पोलेको मन ! प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता !
रत्न खड्का

यो फोटो हेलम्बु बाट काठमाण्डौं आऊंदा जर्के खोला-फटकशिला – छापभन्ज्यांग ७.५ किमी खण्डको सजिलो राम्रो फराकिलो पीच सडक हो । सुनेको कुरा सत्य यदि हो भने माओवादी युवा नेता तथा प्रदेश मन्त्री युवराज दुलालको अत्यन्त ठुलो सक्रियता एवं अथक सार्थक पहलमा बनाएको रे । हुन त यहां देशको ढुकुटीले हुने बन्ने गरेका विकाश निर्माणहरू आफ्नै पकेट मनीले बनाए झैं गरी प्रचारको होडबाजी हुने गर्छ नेताहरू बीच । तर काम हुन्छ र यदि बन्छ त्यो पनि सहि जसले गरेको भए पनि धन्यवाद दिन कन्जुस्याईं गरिंदैन । यो अत्यन्तै कम सवारी चल्ने बाटो भएपनि नेताको ईच्छा र स्वार्थ मिल्यो भने त यस्तो एक्लो कुनामा पनि मन नै खुशी हुने गरी पक्की नाला , रिटेनिंग वाल सहितको काम हुंदो रहेछ त !तर देखाऊन र भन्न मन लागेको कुरा कुरा चाहिं अर्कै छ ! यहि जर्के-छाप भन्ज्यांग बाटोको छोटो खण्डपटि ५ किमी सडक धेरै नै सवारी चल्छ तर बाटोको कन्तविजोकको कुरा के गर्नु र !
राष्ट्रीय गौरव आयोजना ,अन्तर्राष्ट्रीय चर्चा बटुलेको मेलम्ची खानेपानी मुहान जाने मेलम्ची बजार- अम्बाथान १६ किमी. बाटोको अत्यन्त नाजुक अवस्था देखेर झन किन कुनै पार्टीको नेताको घैंटोमा घाम लाग्दैन । दश बर्ष सांसदको झण्डा हल्लाएका एमाले नेता शेर बहादुर तामांगले यो बाटो बनाऊन पहलकदमीको माखो मारेनन । कहिले आफ्नो कर्तव्य सम्झेनन ! उनीकै समकक्षी नेता र जुनियर एमाले नेताहरूले पनि मतलव राखेनन् शेरबहादुर तामांगलाई झक्झक्याऊन ! काग्रेस नेताहरूको नी अवस्था त्यस्तै । ६० अरब खर्च गरीसकेको मेलम्ची आयोजनाले १६ किमी. खण्ड आयोजनाकै लागी पनि पक्की प्रवेश मार्ग बनाऊनु पहिलो निशर्त काम हो भन्ने बुझाईको ज्ञान हुनुपर्दैन यी नेताहरूको ? केन्द्रीय शक्तिशाली नेताहरूको रस्साकस्सीमा देशको ढुकुटीको पैसा पो त्यहां ल्याऊन गार्हो होला त ! तर जनतालाई देखाएर हामी टिक्न नसक्ने भयौं भनेर यति ठुलो आयोजनालाई यो बाटो बनाऊन लगाउन पर्र्दैनथ्यो ? खाली व्यक्तिगत स्वार्थका लागी आयोजनाको गाडी , तेल , भत्ता पचाऊन शर्म लाग्नु पर्दैन ? धन नै मात्र थुपारेर के चाहिं लान्छौ मरेपछि ? कम्तिमा पनि आफू पछिका पुस्ताले सम्झन लायक गांऊ र ठाऊ बनाऊ नेताज्यूहरू । कि भिजनको खडेरी परेको छ दिमागमा ? धिक्कार छ यी निकम्मा नेताहरूलाई ।अब के चाहिं भनेर भोट माग्छौ ८४ मा एमाले र कांग्रेसका नेता महोदयहरू ? अब त अति नै भयो । ८४ मा कसलाई जिताऊने हैन कि एमाले र काग्रेसलाई त्यो भेगमा कसरी ऊखेलेर फाल्ने भन्ने चाहि योजना बुन्नु जरूरी छ ।
ऊग्रवामपन्थी नै सहि बरू जर्के-फटकशिला-छापभन्ज्यांग खण्डको जस्तो ऊदाहरणीय काम युवराज दुलालकै निर्णायक पहलमा भएको यदि हो भने युवा नेता युवराज दुलाललाई तिम्वु वा तार्केघ्यांगतिर नै एउटा घर बनाएर बस्नुहोस भन्ने हो कि जनता सबै मिलेर ताकि त्यस्तै बाटो हाम्रो हेलम्बुमा नी बनोस । कांग्रेसका समाजवाद र एमालेको बहुदलिय जनवादले त माखो मारेन त । यसै रीन ऊसै रीन बुढी बाख्री किन भने जस्तै हामी जनताको भविष्य र अलिकति सहज जीवन यापनका आकांक्षामा तुषारापात भएसी यस्तै ट्रायलमै जीवन जाने त भो नी । कति मडारीनु खै !