‘वित्तीय साक्षरता अभियान दुर्गम क्षेत्रसम्म पुर्याउँछाैं’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रसम्म पुर्याउने बताएका छन् ।
ग्लोबल मनी विकको अवसरमा राष्ट्र बैंकद्वारा साेमबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि जानकारी दिए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए ।
उनले कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए ।
उनले पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनी विक मनाउने गरिएको बताए । उनले बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए ।
आइतबारदेखि ग्लोबल मनी विक २०२४ सुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म बिश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो ।