बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार

बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो ।
यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६.५० रुपैयाँ कायम भएको छ । एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ ।
यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख ५७ हजार रुपैयाँ पुगेको छ । दोस्रो बजारमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्य शीर्ष मूल्य मध्यमै पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1