निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा पाैडेलले निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारले खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी अघि बढ्नुपर्ने बताए ।

उनले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेकाले यसमा ध्यान केन्द्रीत हुने जिकिर गरे । मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए । त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार राष्ट्र बैंकलाई रहेको भन्दै उनले मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन हुने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल