कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाकोे समन्वयमा साउन १९ गते कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा
शिविर सञ्चालन गरिएको हो ।

बिहान ९ः३० बजेदेखि सुरु भएको शिविरमा कृष्णनगर र आसपासबाट आएका करिब ४५० बिरामीहरुले स्वास्थ्य जाँच गराएका थिए ।

एक दिने शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोगलगायत रोगहरुको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर