१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १७औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकाेत्सवकाे उपलक्ष्यमा बैंकले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।
बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यकलगायतका योजनाहरू सार्वजनिक गरेको हो । योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई पस मेसिन र अनलाइनमार्फत् रु. १००० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु. १७० क्यासब्याक दिइने बैंकले जनाएको छ ।
यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकलाई निःशुल्क रूपमा उपलब्ध गराउने छ । त्यसैगरी बैंकले योजना अवधिभर ग्राहकका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ ।