जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान

संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान लिएको छ । उनी बचतकर्ताको रकम दुरुपयोग गरेकाे अभियाेगमा २०८० भदौ २० गतेदेखि नख्खु कारागारमा छन् ।

समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् ।

तुलसी सहकारीविरुद्ध १ हजार १४५ जना बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको आराेप छ । तुलसी सहकारीमार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २०८० साल भदौ २० देखि कारागारमा छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा शुक्रबार संसदीय छानबिन विशेष समितिको ३३औं बैठकले विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार रहेका अध्यक्ष र पदाधिकारी तथा सञ्चालकहरूसँग सोधपुछ शुरू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान