७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे : सर्वाधिक कमाउनेमा नबिल, ग्लाेबल आइएमई दाेस्राे

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.७२ प्रतिशत घटेको छ ।

रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने दोस्रो बैंक ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

यद्यपि बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।

७ वटाकाे बढ्याे, १३ वटाकाे घट्याे

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन्।

यस अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन्। कृषि विकास बैंक समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल भएको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन् ।

नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ। समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे