सहकारी छानबिन समितिद्वारा सराेकारवालासँग छलफल

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सराेकारवालासँग छलफल गरेको छ ।
संसद भवन बानेश्वरमा बसेको बैठकमा समितिले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका विषयमा सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत निकायसँग छलफल गरेको हो ।
बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित प्रतिवेदन बुझाएका थिए । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने एक सदस्यले बताए ।
सरकारले जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय समिति गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1