१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर

इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ ।

यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ ।

अफरअन्तर्गत इसेवामार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

यस्तै इसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्दा १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर