नेप्से २४०० नाघ्दा ५ अर्बकाे काराेबार

काराेबार खुलेको एकाध घण्टामै आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु नाघेको छ । नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् । दिउँसो सवा १२ बजे नै ५ अर्ब कारोबार रकम नाघेको छ ।
बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आँखुखोला जलविद्युतकाे मूल्य १० प्रतिशत बढेको छ ।
मेरो माइक्रोफाइनान्सको ९.२, उपकार लघुवित्तको ७.९, रुरु हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको छ ।
कांग्रेस-एमाले गठबन्धनको सरकार र विष्णु पौडेल अर्थमन्त्री भएयता लगानीकर्तामा उत्साह थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1