पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे

संसदीय समिति अन्तर्गतको अर्थ समितिमा बिहीबार धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरुबीच सवालजवाफ भएको छ ।

खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढावबारे सांसदहरूले बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए । ‘एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ, यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकार थियो ।

सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ, कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे ।

पुँजी बजारको मुद्दामा अस्वाभाविक घटबढको विषयलाई लिएर आफूले जिज्ञासा राख्दा ‘पुँजी बजार विरोधी’को ट्याग भिराएको दुखेसो पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पोखे । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सुक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ,’ उनले भने ।

एमाले सांसद सूर्य थापाले सरकार परिवर्तन भएसँगै आमसर्वसाधारण लगानीकर्ताहरूमा विश्वास बढेको र पुँजी बजारले समेत सकारात्मक बाटो लिएकोमा अन्यथा लिन नहुने तर्क गरे । कुनै बेला ३२ सय अङ्कमा पुगिसकेको पुँजी बजार घटेर १८ सयमा झ¥यो । त्यतिखेर त कोही बोलेन । सेयर बजार किन यसरी घटिरहेको छ भनेर कसैले सोधखोज गरेन । फेरि अहिले बजारले सकारात्मक गति लिँदा किन कसैको टाउको दुख्न प¥यो ?’ उनले प्रतिप्रश्न गरे ।

बरु रातारातको अस्वाभाविक घटबढलाई भने धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज (नेप्से) ले सुक्ष्म निगरानी गर्नुपर्ने उनले बताए ।

बजारको अस्वाभाविक घटबढका विषयमा समितिमा अधिकांश सांसदले जिज्ञासा राखेपछि नियामक धितोपत्र बोर्डका अध्यक्ष बरालले एकएक गरेर जवाफ दिए । सांसदहरूले प्रश्न राख्नुअघि नै झण्डै एक घण्टा ब्रिफ्रिङ दिएका बरालले पुँजी बजार सेन्सेटिभ सेक्टर भएकाले यसको विषयमा बोल्दा, विचार राख्दा विचार पु¥याउनुपर्ने बताए ।

उनले भने, ‘पुँजी बजार भनेको कसैले भनिदियो, हल्ला चल्यो भन्दैमा लहडका भरमा लगानी गर्ने क्षेत्र होइन । यो त निकै सुझबुझका साथ कम्पनीको वित्तीय स्टाटस हेरेर प्रतिफल लिन सकिन्छ कि सकिँदैन भनेर लगानी गर्ने क्षेत्र हो ।’

पछिल्लो समय मिडियामा आएको समाचारकै आधारमा, कसैले भनेकै आधारमा लगानीकर्ताहरू बहकिने गरेको भन्दै अध्यक्ष बरालले त्यसो नगर्नसमेत आग्रह गरे । उनले पुँजी बजार खेल नभएर अति संवेदनशील लगानीको क्षेत्र भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे