११ महिनामा १ खर्ब १० अर्ब ऋण थपियाे

चालू वर्षको ११ महिनामा मात्र १ खर्ब १० अर्ब ऋण सरकारलाई थपिएको छ । हाल सरकारलाई बाह्य र आन्तरिक गरी २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ ऋण भार रहेको छ ।

सरकारले यो वर्ष ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । जसमा आन्तरिक ऋण परिचालनको लक्ष्य २ खर्ब ४० अर्ब हो भने बाह्य ऋण परिचालनको लक्ष्य २ खर्ब १२ अर्ब रुपैयाँ राखेको थियो । लक्ष्य अनुसार आन्तरिक ऋण हालसम्म २ खर्ब २५ अर्ब उठिसकेको छ भने अब १५ अर्ब रुपैयाँ उठाउन बाँकी छ । बाह्य ऋण १ खर्ब ३० अर्ब रुपैयाँ उठाउन बाँकी छ । हाल ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण पुगेको छ भने १२ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।

यो वर्ष आन्तरिक र बाह्य गरी ३ खर्ब ३० अर्ब ५६ करोड रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानी गर्ने लक्ष्य लिएकोमा ११ महिनामा २ खर्ब ७१ अर्ब भुक्तानी गरिसकेको छ ।

आन्तरिक ऋण भुक्तानीका लागि २ खर्ब ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा २ खर्ब २७ अर्ब २० करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने ४८ अर्ब ५९ करोड रुपैयाँ बजेट बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

११ महिनामा १ खर्ब १० अर्ब ऋण थपियाे