सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुख एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा भिडियो सार्वजनिक गरेका हुन् ।
बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्ष बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर साथै चिठ्ठा तथा अन्य बहुमूल्य सामान जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको सन्दर्भमा यो भिडियोले यस्ता गतिविधि निरुत्साहित गर्न टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइबाट करिब १८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।