प्रतिशप्रधि लाई पछारदै सिटिजन लाइफ इन्स्योरेन्स बर्षकै उत्कृष्ट

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले केही महिनामा ३० अर्ब माथि प्रिमियम भित्र्याउन सफल भएका छन् ।बीमा प्राधिकरणका अनुसार केही बीमा कम्पनीले चालु आवको भदौ महिनासम्म ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन।
यो खालको बीमाशुल्क बितेको आवको सोही अवधिसम्मको तुलनामा ३।२९ प्रतिशतले उच्च रहेको छ । बितेको आवको भदौसम्म जीवन बीमकहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि सँगै दुई महिनामा सर्वाधिक प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ पहिलो स्थानमा रहेको पाइएको छ।कम्पनी एक्लैले ९ अर्ब माथि बीमाशुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफले ३ अर्ब माथि सुर्यज्योति लाइफले १ अर्ब माथि एशियन लाइफले १ अर्ब माथि सिटिजन लाइफले १ अर्ब २७ करोड,माथि सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड माथि मेट लाइफले ९६ करोड माथि प्रभु महालक्ष्मी लाइफले ८९ करोड माथि रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख, आइएमई लाइफले ८२ करोड माथि र सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बितेको आवको तुलनामा सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसाय ग्रोथ गरेको छ ।बितेको आवको भदौसम्म १ अर्ब १ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको भदौ मसान्तसम्म १ अर्ब २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन यो २६.३८ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

प्रतिशप्रधि लाई पछारदै सिटिजन लाइफ इन्स्योरेन्स बर्षकै उत्कृष्ट