६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत

देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न सकेन ।

महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो ।

आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग, पर्यटन, सहकारी, वित्तीय क्षेत्र, पशुपन्छी विकास पर्छ ।

सामाजिक विकासतर्फ विनियोजन भएको ५ अर्ब ३५ करोड ३४ लाखमध्ये १३.२३ प्रतिशत अर्थात् ७० करोड ८४ लाखमात्र खर्च गर्न सकेको छ ।

महानगरले सामाजिक विकास शीर्षक अन्तर्गत शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ, भाषा तथा संस्कृति, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, जनसंख्या तथा बसाइँसराइ, सामाजिक सुरक्षा तथा संरक्षण छ ।

काठमाडौं महानगरको सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकासतर्फ रहेको ११ अर्ब ३६ करोड ४५ लाखमध्ये जम्मा १३.६१ प्रतिशत अर्थात् १ अर्ब ५४ करोड ७० लाखमात्र गरेको छ ।

पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, सम्पदा पूर्वाधार, विज्ञान तथा प्रविधि, पुनर्निमाण पर्छ ।

यस्तै सुशासन तथा अन्तरसबन्धित क्षेत्रमा छुट्याएको ३ अर्ब २४ करोड ६९ लाखमध्ये जम्मा ८ प्रतिशत अर्थात् २६ करोड १६ लाख ६२ हजार रुपैयाँमात्र खर्च भएको छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ भने ६ महिनामा ३९.९ प्रतिशत खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत