पेट्राेलियम ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता

आन्दोलनरत ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । सहमतिसँगै तेल आपूर्ति सुरु भएको छ ।

आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पेट्राेलियम ट्याङ्कर चालककाे आन्दाेलन फिर्ता