सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनी, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि नेप्से निरन्तर बढिरहेको छ ।

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुमहरुमा असार २१ देखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरिएको हो । मेलामा सहभागी ग्राहकलाई आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ् सुविधाहरु उपलब्ध छन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा…

वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार

वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार सिटिजन्स बैंकले आफ्नो १९४औं शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति…

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो । सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।…

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन…

निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा आन्दाेलन घाेषणा

निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा आन्दाेलन घाेषणा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा रहेको आधिकारिक ट्रेड युनियनले असार २४ गतेदेखि देशभरका सम्पूर्ण शाखा, क्षेत्रीय कार्यालय, मुकाम र केन्द्रीय कार्यालयमा एकै पटक कार्यालयको कामकाज ठप्प पार्ने गरी विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय अध्यक्ष सन्तोषकुमार आचार्यले हस्ताक्षर गरेको उक्त विरोधको कार्यक्रम पत्र प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरी लेखिएको छ । केन्द्रीय कर्मचारी समितिको छैटौँ बैठकको निर्णयले जेठ २१ गते ३५ दिनको समय सीमा राखेर माग पत्र दाबी गरेको थियो उक्त माग दाबीको समय यही असार २३ गते सकिँदै छ । तर ३५ दिनसम्म पनि व्यवस्थापन पक्षले युनियनका माग पत्रमा कुनै वास्ता नगर्नुले…

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा…

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले लालीगुराँसका अध्यक्ष श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेको हाे । उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले जनाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन २९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ

असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ देशभर ९.८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विभागले दिएकाे तथ्यांकअनुसार असार १५ सम्ममा ९.८ प्रतिशत रोपाइँ सकिएको हो । गत वर्ष असार १५ सम्म ८.७५ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनीमा ८.८ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत, कोशी…

सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ र सञ्चालकमा अधिकारी नियुक्त

सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ र सञ्चालकमा अधिकारी नियुक्त सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र संचालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो । नेपाल…