लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् ।

सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले लालीगुराँसका अध्यक्ष श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेको हाे ।

उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले जनाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन २९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ