असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ

देशभर ९.८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विभागले दिएकाे तथ्यांकअनुसार असार १५ सम्ममा ९.८ प्रतिशत रोपाइँ सकिएको हो । गत वर्ष असार १५ सम्म ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

लुम्बिनीमा ८.८ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत, कोशी प्रदेशमा ५.६ प्रतिशत र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । सबैभन्दा कम रोपाइँ मधेशमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ