भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा सम्मेलन भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराए । साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत-साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवम् लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याए । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला…

भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र

भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणले गति लिएकाे छ । के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छन् । ठेकेदारसँग भएको दुई वर्षे सम्झौता अनुसार काम सुरु भएको ८ महिना भएको छ । यस अवधिमा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत भएको छ । दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ । अहिले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह, प्रशासकीय भवन, भन्सार, क्वारेन्टाइन, विद्युतीय स्टेसन, घण्टाघर,…

स्वस्तिमा बनिन् साओमीकाे ब्रान्ड एम्बासडर

स्वस्तिमा बनिन् साओमीकाे ब्रान्ड एम्बासडर अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु पस्किँदै आएकाे साओमीले पछिल्लो समयकी लोकप्रिय नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ‘साओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु, साओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ, मलाई यो अवसर दिएकोमा साओमीप्रति आभारी छु,' नवनियुक्त ब्रान्ड एम्बासडर खड्का भन्छिन्, 'मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।’ यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई साओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त…

लुम्बिनी केबलकारमा ५०% छुट

भ्यालेन्टाइन्समा लुम्बिनी केबलकारमा ५०% छुट लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म बुटवल र पाल्पा जोड्ने गरी बनेको केबलकारको दुईतर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ कायम गर्ने घोषणा गरेको हो । नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । केबलकारको टिकट दर एक हजार…

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन निर्यात व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । नेपाल हस्तकला महासंघले शुक्रबार नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताए । उनले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको तर्क गरे । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले निर्यात व्यवसायलाई…

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै नेपाल लिटरेचर फेस्टिभलका क्रममा यस वर्षदेखि खुकुरी फेन्ड्स अफ फेस्टिभल पनि हुने भएकाे छ ।पछिल्ला तीन संस्करणदेखि लिटरेचर फेस्टिभललाई साथ दिँदै आएकाे नेपाल डिस्टिलरीले दिएकाे जानकारी अनुसार पाेखराकाे फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन् ।खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय…

Read more about the article ५.७४ अंकले बढ्याे नेप्से
?????????????????????????????????????????????????????????

५.७४ अंकले बढ्याे नेप्से

५.७४ अंकले बढ्याे नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर बन्द भयाे । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लियाे । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भयाे भने चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको र अपी पावर कम्पनीको ७…

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ । अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार याे अफर नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । यस्तो अफर आगामी दिनहरूमा पनि ल्याउने कम्पनीले छ ।

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट

२५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकबाट वितरण गरिने नेपाल सरकारले स्टार्टअप व्यवसायलाई दिने २५ लाख रुपैयाँसम्मको ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत वितरण हुने भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । यो सम्झाैतासँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रुपैयाँ सम्म स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रूपमा राख्नेछ ।…