विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा

विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले नौ वर्षमा ४७ अर्ब नाफा कमाएको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्ष पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए । ‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा…

पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे

पुँजी बजारमा अप्रत्यासित घटबढप्रति सांसदहरुकाे चासाे संसदीय समिति अन्तर्गतको अर्थ समितिमा बिहीबार धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरुबीच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढावबारे सांसदहरूले बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए । ‘एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ, यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकार थियो । सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ, कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन…

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘ PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन…

प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल

प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । गत वर्ष लगभग २८ करोड हाराहारीमा नाफा कमाउन सफल बैंकले पछिल्लो वर्ष लगभग ४ अर्ब ४८ करोड माथि नाफा कमाउन सफल भएको हो । बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड माथि नाघेको छ । प्रभु बैंकको सञ्चालन नाफा भने ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड माथि रहेको छ । खासगरी समीक्षा वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्न पुग्दा नाफामा उल्लेखनीय वृद्धि आएको छ गत वर्ष ५ अर्ब २१ करोड रुपैयाँ माथि इम्पेयरमेन्ट चार्ज…

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मङ्गलवार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे । यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले nBank (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् । नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो । बैंकले नयाँ नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई…

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाकोे समन्वयमा साउन १९ गते कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमाशिविर सञ्चालन गरिएको हो । बिहान ९ः३० बजेदेखि सुरु भएको शिविरमा कृष्णनगर र आसपासबाट आएका करिब ४५० बिरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । एक दिने शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोगलगायत रोगहरुको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु सर्वसम्मत चयन भएका छन् ।संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि मारुलाई अध्यक्षमा चयनगरेको हो । मारु लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् । नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्या समाधान, स्थायित्व, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ताकुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्नेउनले बताएका न् । सम्पूर्ण सिमेन्ट उद्योगीलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंबकिब तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित…

वीरगन्ज नाकाबाट ग्यास र हवाई इन्धन आयात घट्याे

वीरगन्ज नाकाबाट ग्यास र हवाई इन्धन आयात घट्याे मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार…

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाएर नयाँ नियुक्त

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाएर नयाँ नियुक्त सरकारले व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। प्राधिकरणका बोर्ड सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदमुक्त गरेको पत्र १८ गते लेखेको भए पनि उनीहरुलाई आजमात्र इमेलमा आएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले भने इमेलमार्फत आइतबार २ बजेर १५ मिनेट जाँदा पत्र पठाएकाले त्यसलाई मान्यता दिने कि कानूनी…

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ !

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ ! नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारका रुपमा लिनुपर्ने हुन्छ । हाल ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा रु ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित…