विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाएर नयाँ नियुक्त

सरकारले व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।
प्राधिकरणका बोर्ड सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदमुक्त गरेको पत्र १८ गते लेखेको भए पनि उनीहरुलाई आजमात्र इमेलमा आएको हो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले भने इमेलमार्फत आइतबार २ बजेर १५ मिनेट जाँदा पत्र पठाएकाले त्यसलाई मान्यता दिने कि कानूनी उपचार खोज्ने भन्ने पनि सोचेका छौं’, आचार्यले भने ।
एकीकृत समाजवादी कोटामा आचार्य र नेकपा माओवादी केन्द्र कोटामा पुनलाई प्राधिकरण बोर्डमा नियुक्त गरिएको थियो । डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार तथा विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनीहरुलाई हटाइएको बताइएको छ ।
निष्कासित सदस्यद्वयलाई कार्यकारी निर्देशक कुलमान घिसिङले भने बैठकमा बोलाएका छन् । मन्त्रालयले हटाइसकेको सदस्यलाई बैठकमा बोलाएर कार्यकारी निर्देशक घिसिङले सरकारलाई चुनौती दिएकाे प्राधिकरणमा चर्चा छ ।