मध्यपश्चिम विश्वविद्यालयको १ अर्ब ३६ करोडकाे बजेट पारित

मध्यपश्चिम विश्वविद्यालयको १ अर्ब ३६ करोडकाे बजेट पारित मध्यपश्चिम विश्वविद्यालयको साेमबार सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पूँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक

मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको दुईथरी रेडबुक भेटिएको छ । आजको प्रदेशसभा बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले रेडबुक नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाएको दाबीसहित दुवै रातो किताब देखाए । बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ । तर, वास्तविक ७५५ पेजको रेडबुक देखाउँदै यादवले २९४ पेजका करिब ८ हजार योजना लुकाइएको जिकिर गरे । उनले बजेटमा बिचौलिया हावी भएको र त्यसलाई सुधार्न भएको सहमतिअनुसार कार्यदल गठन भएपनि वास्तविक रेडबुक लुकाएकोले अब कार्यदललाई पनि…

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गामा केही लचिलो व्यवस्था गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पुर्‍याइएको छ । यसले राम्रा र आधुनिक घर किन्न चाहनेले बैंकबाट बढी कर्जा लिन पाउँछन् । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो । त्यस्तै अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा…

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना सञ्चालन गरिएको छ । जस अन्तर्गत ग्राहकले समर न्यु अराइभलमा फ्लाट २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । यसमा विशेष गरी पर्फर्मेन्स फुटवेयर, डेल्ली लाइभस्टाइल फुटवेयर र स्टाइलिश कपडाहरू समावेश रहेको कम्पनीको भनाइ छ । छुटपछि जुत्ताको मूल्य ४,००० रुपैयाँबाट सुरु हुन्छ भने कपडामा पनि यो वर्षकै सबैभन्दा ठूलो बचत हुने कम्पनीले जनाएको छ । एन्टाका उत्पादनहरू उच्च गुणस्तर, आरामदायी डिजाइन र ट्रेन्डी स्टाइलका लागि चिनिन्छन् । त्यसैले, खेलकुदका लागि उत्कृष्ट गियर चाहिनेहरूदेखि दैनिक जीवनका लागि क्याजुअल र स्टाइलिश विकल्प खोज्नेहरूका लागि समेत यो सेलले ठूलो अवसर ल्याएको…

विमानस्थलमा भीआईपी र भीभीआईपी डेस्क छुट्टाछुट्टै

विमानस्थलमा भीआईपी र भीभीआईपी डेस्क छुट्टाछुट्टै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेस्कको व्यवस्था गरिएको छ । अध्यागमन कार्यालयले विशिष्ट (भीआईपी) एवं अति विशिष्ट (भीभीआईपी) व्यक्तिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन तथा प्रस्थान सरल, सहज, शिघ्र एवं सुविधायुक्त बनाउन कार्यालयले छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको हो । नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले शनिबार एक कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गरेका छन् । उक्त डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्ने (अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्नेबाहेक) ले अनिवार्य रूपमा अध्यागमन प्रक्रिया भीआईपी भीभीआईपी डेस्कमा स्वयं उपस्थित भई फोटोसमेत खिचाई प्रक्रिया पूरा गर्न प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले आग्रह गरेका छन् ।…

नबिल बैंककाे ४१ औँ वार्षिकाेत्सव

नबिल बैंककाे ४१ औँ वार्षिकाेत्सव नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रूपमा आफूलाई स्थापित गरेको छ । ४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, सेयर धनीलगायत सरोकारवालालाई यहाँसम्म…

ललितपुर महानगरकाे ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा

ललितपुर महानगरकाे ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार बिकासका लागि बिनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी बिकास, सम्पदा संरक्षण र राजकुलो, ढुङ्गेधारा इनारपोखरी तथा हरियाली प्रवर्द्धन रहेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । सामाजिक विकासका लागि कुल बजेटको २८ प्रतिशत, विपद व्यवस्थापनका लागि ६ प्रतिशत, सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत र आर्थिक बिकास…

बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै बहसको आवश्यकता

बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै बहसको आवश्यकता नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले हरेक नागरिकले बैंकबाट ऋण पाउनुलाई ‘नैसर्गिक अधिकार’का रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । बिहीबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । गभर्नर पौडेलले बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै मौलिक बहसको आवश्यकता रहेको बताए। उनले विधेयकमा प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास र प्रतिबद्धताअनुरूप भए पनि अबको बहस सतहीभन्दा गहिरो हुनुपर्नेमा जोड दिए। गभर्नर पौडेलले ऋणमा पहुँचको विषयलाई नागरिकको मौलिक अधिकारसँग जोडिएको समेत बताए । ‘मलाई सधैँ के लाग्छ भने…

ताताेपानी नाका हुँदै पहिलोपटक कन्टेनरमा भित्रियाे हेलिकाेप्टर

ताताेपानी नाका हुँदै पहिलोपटक कन्टेनरमा भित्रियाे हेलिकाेप्टर तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको भुसालले बताए । ‘हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइपुर्‍याएका छौं, अब त्यहीँ फिट गर्छौं अनि जाँचपास गरी उडाएर काठमाडौं ल्याउँछौं,’ भुसालले भने…

नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट

नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपकोको १ करोड ४१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन। समग्र रूपमा बढेको बजारमा आज चार वटा समूहका परिसूचक नकारात्मक देखिएका…