अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ?
अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ? नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अब नयाँ गभर्नर नियुक्तिको प्रक्रिया के हो भन्ने चासो बढेको छ । उनले १ महिनासम्म एउटा पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा. विजयनाथ भट्टराईले राजीनामा दिएको बताए । अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने उनले बताए । अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना…