बलम्बु–सिस्नेखाेला सुरुङ मार्गको ‘ब्रेक थ्रु’
बलम्बु–सिस्नेखाेला सुरुङ मार्गको 'ब्रेक थ्रु' बलम्बु-सिस्नेखोला सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्वीच थिचेर २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरी सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउन २२ मै ब्रेक थ्रू भइसकेको छ । यो सुरुङ्गमार्ग सञ्चालनमा आएपछि नेपालकै पहिलो गाडी गुड्ने सुरुङ्गमार्ग हुने छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै एक वर्ष लाग्ने जनाइएको छ । साेमबारबाट सुरुङ निर्माणको काम…