सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि…