भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन
भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा सम्मेलन भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराए । साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत-साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवम् लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याए । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला…