हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने
हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने सरकारले हिमाल आरोहणमा वृद्धि गरेको दस्तुर (रोयल्टी) भदाैदेखि लागु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हिमाल आरोहणमा बढेको दस्तुर लागु हुने मिति १६ भदौ २०८२ (१ सेप्टम्बर २०२५) देखि तोकिएको छ । सरकारले हालै स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ ले आरोहण दस्तुर बढाएको हो । सरकारले हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहण दलले आफ्ना दलमा संलग्न प्रत्येक सदस्यले तिर्नुपर्ने सलामी दस्तुर वृद्धि गरेको छ । सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न साविकमा ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार ८ सय १८ रुपैयाँ) प्रतिव्यक्ति रहेकोमा बढाएर…