अप्रिलमा भित्रिए १ लाख १६ हजार विदेशी पर्यटक

अप्रिलमा भित्रिए १ लाख १६ हजार विदेशी पर्यटक सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका हुन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । सन् २०२४ को अप्रिलमा एक…

अब जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य बिमा अनिवार्य

अब जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य बिमा अनिवार्य सरकारले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा रोजगारी गर्ने सबैलाई स्वास्थ्य बीमाको आबद्धता अनिवार्य गरेको छ । सरकारले तयार गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । अहिलेसम्म स्वास्थ्य बीमा स्वेच्छिक रूपमा गर्न सकिने व्यवस्था थियो । यसअघि सरकारले स्वास्थ्य बीमा गर्न प्रोत्साहन मात्रै गर्दै आएकोमा अब अनिवार्य गर्ने व्यवस्था गर्न लागेको हो । नीति तथा कार्यक्रमको प्रस्तावित बुँदामा भनिएको छ, ‘स्वास्थ्य बीमाको दायरा विस्तार गर्नेगरी जनप्रतिनिधि, सबै राष्ट्रसेवक कर्मचारी र सङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिलाई बीमामा आबद्ध तराई आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा तथा गम्भीर प्रकृतिको उपचार बीमाबाट हुनेगरी…

महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी

महानगर प्रहरीले लखेट्याे तरकारी व्यापारी काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई पारेर नगर प्रहरी परिचालन गरेर हटाएकाे छ । बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई महानगर प्रहरीले हटाएको हो । यस क्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको थियाे ।काठमाडौं महानगरको नेतृत्वमा साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागिरहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपास रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेका हुन् । बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी प्रभावित भएको…

श्रम रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

श्रम रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने बताएका छन् । एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रम संसार पोर्टल’को शुभारम्भ कार्यक्रममा ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने बताए । ‘श्रम बजारको विकास गर्न तालिम होस् या उद्यमशीलता विकास होस् या सहुलियतपूर्ण कर्जाहरू हुन्, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घरदैलोमा पुर्‍याउनका लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध…

सुन ताेलामा साढे ४ हजार सस्तियाे

सुन ताेलामा साढे ४ हजार सस्तियाे सुनको मूल्य बिहीबार सस्तिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा काराेबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेप्से घट्याे, काराेबार बढ्याे

नेप्से घट्याे, काराेबार बढ्याे सेयर बजार बुधबार ८.१४ अंक घटेको छ । गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१,…

यार्सागुम्बाको व्यापार गर्ने भन्दै ठग्ने पक्राउ

यार्सागुम्बाको व्यापार गर्ने भन्दै ठग्ने पक्राउ यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै ठगी गरेको आरोपमा जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी बताउने गरेका थिए । नेपालमा अहिले यार्सागुम्बाको व्यापार गर्ने गरेको, त्यसमा लगानी गरे फाइदा हुन्छ भन्दै उनले रकम लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । उनले ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीविरुद्ध जिल्ला प्रहरी…

स्वास्थ्य बिमा निरन्तरताका लागि मन्त्रीले मागे ४० अर्ब

स्वास्थ्य बिमा निरन्तरताका लागि मन्त्रीले मागे ४० अर्ब स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा छुट्याइएको साढे सात अर्ब रुपैयाँ बजेट पर्याप्त नभएको बताए । ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्रीले गत आर्थिक वर्ष २०८०/८१ काल लागि बीमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । उहाँले जुन बेला यो बोली बोल्नुभयो त्यो बेला बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बक्यौता १६ अर्ब थियो,’ उनले प्रश्न गरे, ‘अब बक्यौता तिर्नेगरी…

झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको हो । उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको ब्युरोले सोमबार जनाएको छ । ब्युरोका अनुसार विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका…

माइतीघर मण्डलामा सहकारी पीडितहरूकाे अर्धनग्न प्रदर्शन

माइतीघर मण्डलामा सहकारी पीडितहरूकाे अर्धनग्न प्रदर्शन सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा सोमबार सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् । उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता दिन माग गर्दै आएका छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।