मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद

मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई विशेष अदालतले ८ वर्ष १ महिना कैद सजाय सुनाएको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद…

विदेशबाट आईएमई गरी रकम पठाउनेमध्ये एक भाग्यशालीले जितिन् १ कराेड

विदेशबाट आईएमई गरी रकम पठाउनेमध्ये एक भाग्यशालीले जितिन् १ कराेड विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाएकी थिइन् । काठमाडाैंमा साेमबार आयोजित एक कार्यक्रममा आइएमईका ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राही नम्बर छनोट गरेकी हुन् । आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आइएमईप्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली…

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशनअनुरुप गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

सहकारी अपचलन प्रकरणमा पूर्वडीआइजी छबिलाल जोशी पक्राउ

सहकारी अपचलन प्रकरणमा पूर्वडीआइजी छबिलाल जोशी पक्राउ सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी पक्राउ परेका छन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ । सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

फोनपेकाे ‘सुपर यात्रा’ अभियान

फोनपेकाे 'सुपर यात्रा' अभियान फोनपेले २ अशोज २०८१ देखि 'सुपर यात्रा' अभियान घोषणा गरेकाे छ । दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ। अभियानमा नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन् । यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्, जसले अभियानलाई अझ…

धरहराको टिकट साेमबारसम्मका लागि बुक

धरहराको टिकट साेमबारसम्मका लागि बुक सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट साेमबारसम्मका लागि बुक भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्न साेमबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए । सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए । उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि बुकिङ गर्न…

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम…

एलजीले ल्यायाे हात खाली नजाने याेजना

एलजीले ल्यायाे हात खाली नजाने याेजना चौधरी ग्रुप अन्तर्गतको एलजीको सामान खरिद गर्दा चाडपर्वको बेला ४० प्रतिशतसम्म क्यास ब्याक र हात खाली नजाने स्किम ल्याएको छ । ‘एलजीसँग खुसीको पल’ भन्ने स्किम ल्याएको छ । सीजी इलोक्ट्रोनिक अन्तगतको एलजी ब्रान्डको सेल्स हेड पुरुषोत्तम भण्डारी एलजी ब्रान्ड नेपालमा करिब ३८ वर्षदेखि कस्टमरको माझमा रहेको बताए । उनले भने, ‘एलजी ब्रान्ड ग्राहकले रुचाएको ब्रान्ड हो । ग्राहकको माग अनुसार एलजीको सामाग्रीहरु कोरियाबाट नेपालमा ल्याउने गरेका छौँ । हाम्रो मुख्य प्रोडक्ट भनेको वासेनमिसिन, रेफ्रिजेनेटर, टीभी र एसी हो । एलजीको सामाग्रीले ग्राहकको लाइफ स्टाइल कसरी बेटर गर्ने भन्ने हो । एलजीसँग खुसीको पल…

सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी

सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । ‘मुख्य सुरुङ आउँदो डिसेम्बरसम्म छेड्ने लक्ष्य छ, तीनवटा बाइपासमध्ये एउटा छेडियो, एउटा अबको १० दिनभित्र छेडिन्छ’, आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले भनिन् । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उत्तरतर्फ २३७.८० र दक्षिणतर्फ ३०७.७७ मिटर खनिएको छ । सुरुङमार्गका तीनवटा बाइपास छन् ।…

गोदरेजकाे दसैं अफर : ‘मनैदेखि वाउ’

गोदरेजकाे दसैं अफर : 'मनैदेखि वाउ' गोदरेज ब्राण्डले ‘मनैदेखि वाउ’ दसैं अफर ल्याएको छ । वासिङ मेसिन, एसी, कुलर, सिंगल र डबल डोरको रेफिजेनेरेटर लगायतको सामान विक्री गर्दै आएको गोदरेज भारतको नम्बर एक ब्राण्ड हो ।नेपालमा चौधरी ग्रुपले गोदरेजको सामान विक्री वितरण गर्दै आएको छ । चौधरी ग्रुपका गोदरेज ब्राण्डको नेसनल सेल्स म्यानेजर प्रभत बरालले सिंगल र डबल डोरको रेफिजेनेरेटरमा क्यास ब्यक अफर दिएको बताए । उनले भने, ‘सेमी, टप र फ्रन्डमा लोडमा वासिङ मेसिनमा साइज अनुसार फरक फरक स्कीम छ । सेमीमा ३ लिटरको एरियल लिक्युड, फ्रन्डमा ६ केजीको सर्फ दिइरहेका छौँ । माइक्रो ओभनमा कुकिङ किटहरु दिरहेका छौँ…