विदेशबाट आईएमई गरी रकम पठाउनेमध्ये एक भाग्यशालीले जितिन् १ कराेड

विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइमार्फत रकम पठाएकी थिइन् ।
काठमाडाैंमा साेमबार आयोजित एक कार्यक्रममा आइएमईका ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राही नम्बर छनोट गरेकी हुन् ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आइएमईप्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट भएको हो ।
आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ ।
यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् ।
नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य श्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियान सँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।