उद्याेगहरुमा बिजुलीकाे हाहाकार
बक्यौता नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर बिजुली काट्दै प्राधिकरण विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लोड व्यवस्थापनका लागि विद्युत् कटौती गर्ने तयारी गरेको छ । चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन थालेपछि विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको हो । जसका कारण औद्योगिक क्षेत्रमा दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ सुरु भएको गुनासो आउन थालेका छन् । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा नेपाललाई विद्युत् निर्यात अनुमति दिँदा नै १५ मार्चदेखि ‘सन आवर’ (बिहान ६ देखि साँझ…