भैरहवामा १० र सिमरामा १५ उद्योग स्थापना गर्न जग्गा प्रदान
भैरहवा सेजमा १० र सिमरा सेजमा १५ उद्योग स्थापना गर्न जग्गा प्रदान सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा १५ वटा उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । भैरहवामा स्थापना हुने उद्योग ३४४ करोड लगानी र तीन हजार ५२३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवधिमा थप दुई वटा उद्योगले उत्पादन सुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । यस्तै सिमरा विशेष आर्थिक क्षेत्र…