आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता

आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।…

फेरि सुस्तायाे सेयर बजार

फेरि सुस्तायाे सेयर बजार सेयर बजारमा मंगलबार देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार बजार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । बुधबार ६ अर्ब ७७ करोड बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । घटेको बजारमा थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३१० कम्पनी सामेल भएको आजको कारोबारमा फाइनान्सबाहेक सबै समूह ओरालो लागेको छ । आज नेपाल फाइनान्सको मात्र २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा…

मीनबहादुर गुरुङकाे फराकिलो मन : प्राकृतिक विपत्तिमा अग्रता

मीनबहादुर गुरुङकाे फराकिलो मन : प्राकृतिक विपत्तिमा अग्रता भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुरुङ दम्पतीले भेटेर प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा हुने गरी एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमणबाट सोमबार फर्केलगत्तै गुरुङ दम्पतीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरेको हो । उक्त खबर प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । ओलीले लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो…

Read more about the article पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार बिहान खसेको पहिरो । पहिरोका कारण दमौली डुम्रे सडकखण्ड अवरुद्ध छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस

पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको छ । अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलीयतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताए । उनले चाडवाडअघि नै अवरुद्ध सबै सडक सञ्जाल सूचारु भइसक्ने जानकारी बताए ।

समिर खान र शिल्पा पोखरेलको बनवास सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको बनवास सार्वजनिक लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । सबैको मिहिनेतले एउटा राम्रो गीत दर्शकमाझ आएकाे छ । 'सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले बताए ।

१६ वटा जलविद्युत् आयोजनामा क्षति, ११ सय मेगावाट विद्युत अवरुद्ध

१६ वटा जलविद्युत् आयोजनामा क्षति, ११ सय मेगावाट विद्युत अवरुद्ध पछिल्लाे बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ । ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।

सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा

सिद्धार्थ बैंकको अचम्मको योजना, ग्राहकवर्गलाई भयो फाइदा सिद्धार्थ बैकले ल्याएको दशैं २ गुणा रिवार्ड अफर अन्तर्गत बैंकका ग्राहकहरुले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढि प्वइन्ट प्राप्त गर्न सक्ने भएका छन । यो योजना ले ग्राकलाई मनग्य फाइदा हुने भएको छ । बैंकले सञ्चालनमा ल्याएको यो सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत आफ्ना ग्राहले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी खरिद (POS tyf E-commerce) र मोबाइल बैकिङबाट गरेकोे टपअपको आधारमा रिवार्डमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने भएको छ । ग्राकको हितलाई मध्यनजर गरी बैंकले यो योजना पसकेको हो । यो आर्जन भएको प्वइन्टलाई…

प्रतिशप्रधि लाई पछारदै सिटिजन लाइफ इन्स्योरेन्स बर्षकै उत्कृष्ट

प्रतिशप्रधि लाई पछारदै सिटिजन लाइफ इन्स्योरेन्स बर्षकै उत्कृष्ट काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले केही महिनामा ३० अर्ब माथि प्रिमियम भित्र्याउन सफल भएका छन् ।बीमा प्राधिकरणका अनुसार केही बीमा कम्पनीले चालु आवको भदौ महिनासम्म ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन।यो खालको बीमाशुल्क बितेको आवको सोही अवधिसम्मको तुलनामा ३।२९ प्रतिशतले उच्च रहेको छ । बितेको आवको भदौसम्म जीवन बीमकहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि सँगै दुई महिनामा सर्वाधिक प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ पहिलो स्थानमा रहेको पाइएको…

युनिलिभरको १७१४ प्रतिशत लाभांश सहित साधारण सभाको आह्वान

युनिलिभरको १७१४ प्रतिशत लाभांश सहित साधारण सभाको आह्वान युनिलिभर कम्पनीको बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि आफ्ना सेयर धनीलाई १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेकोछ । कम्पनीले १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय सँगै बैठकले वार्षिक साधारणसभा समेत गर्ने भएको छ ।आउदो कार्तिक १२ गते कम्पनीले साधारणसभाको आह्वान गरेको छ ।साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ सम्मलाई कम्पनीले बुक क्लोज गर्ने भएको छ । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो भने । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ ।

अर्थोपेडिक बिरामीलाई नवीनतम विश्वस्तरीय उपचार प्रविधिको प्रयोग

अर्थोपेडिक बिरामीलाई नवीनतम विश्वस्तरीय उपचार प्रविधिको प्रयोग 2024 एएमसी आयोजनाको उद्देश्य अर्थोपेडिक डाक्टरहरूलाई नवीनतम विश्वस्तरीय प्रविधिबाट बिरामीहरूको उपचार गर्न सक्ने बनाउन अनुप मास्टर्स कोर्स (AMC) मार्फत् अर्थोपेडिक डाक्टरहरूको विशेषज्ञता बढाउन अर्थोपेडिक बिरामीहरूलाई नवीनतम विश्वस्तरीय प्रविधि प्रयोग गरेर उपचार गर्न एएमसीमा भारत र बिहार लगायत विदेशका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता रहेको थियो । जसले एएमसीमा सहभागी चिकित्सकहरुसँग आफ्नो ज्ञान र अनुभवहरू बाँडेका थिए। एएमसीका दौरान पहिलो पटक गोलिगाँठा र खुट्टाको शल्यक्रिया तथा प्रत्यारोपण एवम् प्रतिस्थापनको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। यस पटकको एएमसी २१ र २२ सेप्टेम्बरसम्म पटनाको होटल मौर्यामा आयोजना गरिएको थियो। २२ सेप्टेम्बर आइतबारको दिन एएमसीको समापन समारोहमा देशमै पहिलो पटक…