युनिलिभरको १७१४ प्रतिशत लाभांश सहित साधारण सभाको आह्वान
युनिलिभर कम्पनीको बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि आफ्ना सेयर धनीलाई १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेकोछ । कम्पनीले १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय सँगै बैठकले वार्षिक साधारणसभा समेत गर्ने भएको छ ।आउदो कार्तिक १२ गते कम्पनीले साधारणसभाको आह्वान गरेको छ ।
साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ सम्मलाई कम्पनीले बुक क्लोज गर्ने भएको छ । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो भने । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1