विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने
विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश फर्केकाे ३५ दिनभित्र ल्याउनुपर्ने बताएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था…