नयाँ बजेटका के–के छन् प्राथमिकता ?

नयाँ बजेटका के–के छन् प्राथमिकता ? आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजामती कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने भएको छ । ‘प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम’ मा भने भारी बजेटका साथ लैजान खोजिएको छ । कतिपयले यो कार्यक्रम कार्यकर्तामुखी भएको टिप्पणी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत कार्यान्वयन हुने यो कार्यक्रमको लागि मात्र १६ अर्बको प्रस्ताव गएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भएका र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिजस्ता नाम दिएर यो पटक कार्यकर्ता र वितरणमुखी भारी रकम विनियोजनको तयारी छ । यस्तै स्टार्टअपको प्रवर्द्धनलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालनको तयारी छ…

खाद्यान्न ढुवानी अनुदान नीतिमाथि महालेखाकाे प्रश्न

खाद्यान्न ढुवानी अनुदान नीतिमाथि महालेखाकाे प्रश्न महालेखापरीक्षकको कार्यालयले सरकारले दिँदै आइरहेको खाद्यान्न ढुवानी अनुदान नीतिमाथि प्रश्न उठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय २३ जिल्लामा खाद्यान्न ढुवानी अनुदान प्रदान गर्दै आएकोमा सडक सञ्जालसँग जोडिएका जिल्लामा निजी क्षेत्रले समेत खाद्यान्न ढुवानी गर्दै आइरहेका छन् । तर, यी जिल्लामा पनि सरकारले अनुदान ढुवानी दिइरहेको महालेखाले आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । बजेट वक्तव्यका क्रममा कर्णाली लगायतका दुर्गम क्षेत्रमा खाद्यान्न र नुन ढुवानीका लागि प्रदान गरिने अनुदान निरन्तरता दिने घोषणा भएको थियो । सोहीअनुसार २३ जिल्लामा खाद्यान्न ढुवानी लगायतका ६ कार्यक्रमका लागि खाद्य तथा व्यापार कम्पनीलाई ५८ करोड ६१ लाख…

टेलिकमले ल्यायाे ‘रिपब्लिक डे अफर’

टेलिकमले ल्यायाे 'रिपब्लिक डे अफर' गणतन्त्र दिवस (जेठ १५) को अवसरमा नेपाल टेलिकमले ‘रिपब्लीक डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर जेठ १४ देखि प्रारम्भ भई जेठ १६ सम्म लागू हुनेछ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु.…

टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर

टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । 'च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI, राइड मोडहरू, GTT (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएकाे छ । यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा रु. ६,००० सम्मको क्यास डिस्काउन्टका साथै, पुरानो…

विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण

विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना…

दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने निर्यात १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको मात्र भयो । विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २‍.५० प्रतिशतले घटेको हो ।…

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो । समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर…

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो भएकाे छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक), ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो । लघुवित्त, सहकारीलगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ । बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब…

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोग नीतिकाे तयारी : मन्त्री शर्मा

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोग नीतिकाे तयारी : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताएकी हुन् । ‘दूरञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको छ’, मन्त्री शर्माले भननिन्, ‘यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने…

घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने

घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुस्त बनेको घरजग्गा कारोबारलाई गति दिन मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कर्जाको सीमा बढाएको छ । अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ । घरजग्गा आवास संघका अध्यक्ष भेषराज लोहनीले केन्द्रीय बैंकले व्यक्तिको हकमा यो सुविधा दिएको तर घरजग्गा कारोबार गर्ने कम्पनीलाई सो राहत नदिएको बताए । घरजग्गा व्यवसायीले आम्दानीको ८० प्रतिशतसम्म ऋण पाउनुपर्ने माग गर्दै आएका थिए ।