हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने

हिमाल आरोहणमा बढाएको रोयल्टी भदाैदेखि लागु हुने सरकारले हिमाल आरोहणमा वृद्धि गरेको दस्तुर (रोयल्टी) भदाैदेखि लागु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हिमाल आरोहणमा बढेको दस्तुर लागु हुने मिति १६ भदौ २०८२ (१ सेप्टम्बर २०२५) देखि तोकिएको छ । सरकारले हालै स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ ले आरोहण दस्तुर बढाएको हो । सरकारले हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहण दलले आफ्ना दलमा संलग्न प्रत्येक सदस्यले तिर्नुपर्ने सलामी दस्तुर वृद्धि गरेको छ । सगरमाथामा वसन्त ऋतुमा आरोहण गर्न साविकमा ११ हजार अमेरिकी डलर (१५ लाख ३२ हजार ८ सय १८ रुपैयाँ) प्रतिव्यक्ति रहेकोमा बढाएर…

स्वदेशी उत्पादन प्रयाेग गर्न महासंघकाे आह्वान

स्वदेशी उत्पादन प्रयाेग गर्न महासंघकाे आह्वान नेपाल उद्योग वाणिज्य महासंघले सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गर्न आह्वान गरेको छ । महासंघ महानिर्देशक गोकर्णराज अवस्थीले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई पत्राचार गर्दै यस्तो आह्वान गरेका हुन् । सरकारले २८ मंसिरमा सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका-२०८१ पारित गरेको थियो । यसले स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन र उत्पादित वस्तुको बजार प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक

भक्तपुरमा खाद्य अनुगमन, बेकरीकाे उत्पादनमा राेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर क्षेत्रका डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थ अनुगमन गरेको छ । विभागले भक्तपुर नगरपालिका परिसरमा रहेका दुइटा डेरी तथा बेकरी उद्योगको अनुगमन गरी दूध तथा तेलको नमुना सकंलन तथा परीक्षण गरेको हाे । अनुगमन क्रममा श्री गणेश बेकरीले उद्योग दर्ता नगरी र खाद्य अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेको पाइएको थियो । उक्त उद्योगले मसीजन्य पत्रिका प्रयोग गरी प्रशोधन गर्दै गरेको करिब ६४ किलो केक नष्ट गरेर कारबाही गरिएको विभागले जनाएको छ । सम्बन्धित निकायमा उद्योग दर्ता गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्र लिएरमात्र प्रशोधित खाद्य…

सामसङले सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी एस२५ सिरिज’

सामसङले सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी एस२५ सिरिज’ सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनको प्रि-अर्डर सुरु भएको घोषणा गरेको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सामसङले आफ्नो हालसम्मकै सबैभन्दा नेचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभव दिने ‘ट्रु एआई कम्प्यानियन’ भएका यी स्मार्टफोन प्रस्तुत गरेको हो। सम्मेलनमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ‘ग्यालेक्सी एस२५ सिरिज’ अनावरण गरे । ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईसाथ मोबाइल एआई युग सुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजसाथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौं, र तपाईंको यो ट्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको…

खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने आयल निगमको तयारी

खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने आयल निगमको तयारी काठमाडौं । खाना पकाउने ग्यास परल मूल्यमा बिक्री गरी घरायसी उपभोक्तालाई अनुदान रकम खातामा पठाइदिने तयारी नेपाल आयल निगमले थालिएको छ ।नेपाल आयल निगमले उपभोक्तालई अनुदान दिने भन्दै परल मूल्यभन्दा कममा एलपी ग्यास बिक्री गरिरहेको छ । यसरी सबै उपभोक्तालाई अनुदान दिनु समन्यायिक दृष्टिले उचित नहुने मात्रै होइन, निगमको वित्तीय स्वास्थ्यमा पनि घातक देखिएको छ ।व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपी ग्यासलाई अनुदान नदिई बिक्री गर्ने प्रयास निगमले लामो समयदेखि गरिरहे पनि त्यो सफल हुन सकेको छैन ।अब भने निगमले बजारमा परल मूल्यमै ग्यास बिक्री गर्ने…

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरिएको छ । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्यमा परेका छन् । मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था, ९…

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी…

अमेरिकाले राेक्याे नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग

अमेरिकाले राेक्याे नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग अमेरिकाले नेपाललाई दिँदै आएको चार परियाेजनाकाे सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै जारी गरेको कार्यकारी आदेशको प्रभावस्वरुप अमेरिकी सहयोग नियोग युएसएड मार्फत प्रदान हुँदै आएको सहयोग रोकिएको हो । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो सहयोग रोकिएको जानकारी दिएको छ। २०२२ मे ५ मा यूएसएड र नेपाल सरकारबिच सम्झौता भई डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजनाको सहयोग रोकिएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । यसरी सहयोग रोकिएका परियोजनाहरूमा युएसएड हेल्थ डाइरेक्ट…

१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने

१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । सोही अनुसार उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितको न्याय प्रभावित हुने भन्दै थुनामा राख्नुपर्ने जिकिर गरेका थिए। तर, उनकाे पक्षका…

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको बताए । बिराटनगर बिमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने बताए । पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे । सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको उनले बताए । उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका…