मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद
मेलम्ची भ्रष्टाचारमा पूर्वसचिवसहित ४ जनालाई ८ वर्ष १ महिना कैद मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई विशेष अदालतले ८ वर्ष १ महिना कैद सजाय सुनाएको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेकोमा सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद…