कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता
कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता एग्रो टाइम्स मासिक पत्रिकाले कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययनरत वा अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गरी यसै महिनाबाट लेखन प्रतियोगिता सुरु गरेको छ । भदाैका लागि नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था शीर्षक तोकिएको छ । प्रतियोगितामा कृषिअन्तर्गतका विभिन्न विधामा अध्ययन गरिरहेकाले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा छनोट भएका ४ वटा लेखलाई नगदसहितको उत्कृष्ट मेडल तथा कदरपत्र सहितको पुरस्कारको समेत व्यवस्था गरिने एग्रो टाइम्स मिडिया नेटवर्कले जनाएकाे छ । प्रतियोगितामा सहभागी हुन लेख दिइएको शीर्षकसँग जोडिएको बिषयमा सम्बन्धित हुनुपर्ने, लेखक कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी…