विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा
विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले नौ वर्षमा ४७ अर्ब नाफा कमाएको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्ष पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए । ‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा…