नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने

माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने भएकाे छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्स) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी र भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो ।…

१९.९७ अंकले बढ्याे नेप्से

१९.९७ अंकले बढ्याे नेप्से सेयर बजारको परिसूचक नेप्से सोमबार १९.९७ अंक बढेको छ । वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो । हाइड्रोपावर ०.६२, लगानी…

साताको पहिलो दिन नेप्सेमा गिरावट

साताको पहिलो दिन नेप्सेमा गिरावट साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । अन्य दुई कम्पनीको…

नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक

नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सङ्ख्या तीन वर्षयताकै सर्वाधिक हो । २०२३ को यस महिना एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका…

सेयर बजारमा अन्याेल कायमै

सेयर बजारमा अन्याेल कायमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौल देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ । अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साताअघिकै लेभलमा पुगेको छ । २०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक…

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको छ । यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेकोछ । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो ।यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताएका छन् । यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन् । प्रस्तावित मूल्यमा नामी ई१: ने.रू. ३०,२४,००० (ने.रू. २५,००० को वृद्धि), नामी ई२: ने.रू. ३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि), नामी…

मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे

मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे बाराको गढीमाईमा हुने मेलालाई ध्यानमा राखेर कनेक्ट किसानले यही मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ गर्ने भएको छ । ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरूको जमघट हुने मेला संयोजक सञ्चिता लामिछानेले जानकारी दिइन् । उनले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल…

‘राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ’

'राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ' नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बोर्डको कार्यालयमा बुधवार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका धेरै काम भएको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डमा लामाे समयसम्म अध्यक्ष नहुँदा राेकिएका काम अब अघि बढ्ने बताए । उनले भने, ‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको…

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले सोमबार नयाँ अध्यक्ष पाएको हो ।