१९.९७ अंकले बढ्याे नेप्से
१९.९७ अंकले बढ्याे नेप्से सेयर बजारको परिसूचक नेप्से सोमबार १९.९७ अंक बढेको छ । वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो । हाइड्रोपावर ०.६२, लगानी…