कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो
कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो बैङ्किङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ । यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिनायताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ । अर्थात् वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ । २०७९ पुसमा आधार दर सबैभन्दा…