धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले सोमबार नयाँ अध्यक्ष पाएको हो ।

१६ अंकले नेप्से बढ्दा सवा ६ अर्बकाे काराेबार

१६ अंकले नेप्से बढ्दा सवा ६ अर्बकाे काराेबार साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.८३ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १६९ कम्पनीको शेयरमूल्य बढ्दा ६७ को घट्यो भने ९ कम्पनीको स्थिर रहेको छ । पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । बेष्ट फाइनान्स कम्पनी, सुपर मादी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंक…

किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ?

किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ? सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको हाे । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । किन घट्याे त ह्वात्तै सुनकाे भाउ ? महासंघ अध्यक्ष अर्जुन रसाइली भन्छन्, 'सरकारले भन्सार दर घटाएका कारणले ।' ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ रसाइलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो…

ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट

ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै बैंकका ग्राहकहरुले…

पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार

पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशत धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबरकाे वस्तु आयात भएको थियो । पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो । कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब…

थप दुई दर्जन सहकारी कालाेसूचीमा

थप दुई दर्जन सहकारी कालाेसूचीमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट नगर्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्रले २४ वटा सहकारीलाई कालोसूचीमा राखेको हो । कुनै व्यक्ति वा संस्थाले लिएको कर्जा निष्क्रिय भएमा, भाखा नाघेमा त्यस्ता व्यक्ति तथा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्छ । सोही आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । उनीहरूले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः…

‘विश्वव्यापी तापमान वृद्धिका कारण नेपाललाई हरेक वर्ष ठूलो क्षति’

'विश्वव्यापी तापमान वृद्धिका कारण नेपाललाई हरेक वर्ष ठूलो क्षति' राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन् । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयास : मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गरेकी हुन् । ‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ, कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइअक्साइड उत्सर्जन गदर्छ’, शाक्यले भनिन्, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर एशियाली मुलुकमा…

अनलाइन ठगीमा ‘विद्यार्थी’ काे संलग्नता धेरै

अनलाइन ठगीमा ‘विद्यार्थी’ काे संलग्नता धेरै सन् २०२४ को मे ३१ सम्म वित्तीय जानकारी एकाइमा पठाइएका शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी विवरणमध्ये ६३ प्रतिशतभन्दा बढी साइबरजन्य ठगीसम्बन्धी थिए । अनलाइनमार्फत हुने वित्तीय ठगीमा ‘विद्यार्थी’ पेशा उल्लेख गरेका व्यक्तिहरू बढी संलग्न रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका अनुसार वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूबाट गत आर्थिक वर्षसम्म प्राप्त सीमा कारोबार सूचनामध्ये १५ प्रतिशत ठगी अपराधसँग सम्बद्ध प्राप्त भएको थियो । ती सूचनामध्ये ६३ प्रतिशत साइबरमार्फत हुने ठगीसँग सम्बद्ध रहेको पाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ । इकाइले सार्वजनिक गरेको साइबरजन्य ठगीसम्बन्धी 'स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४' अनुसार साइबरमार्फत ठगी गर्ने…

अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री

अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् । ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताउँदै उनले भने, ‘अहिले वैदेशिक मुद्राको सञ्चिती राम्रो छ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रास्फीति पनि वाञ्छित सीमाभित्र नै रहेको छ । ब्याजदर घटेको छ । बैंकहरुमा पर्याप्त तरलता छ ।’ तर, सूचक सकारात्मक भए पनि चुनौतीहरू भने कायमै रहेकोमा अर्थमन्त्री पौडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्रका सूचकहरू राम्रा हुँदाहुँदै…

लिफ्ट बिग्रिएपछि धरहरा बन्द

लिफ्ट बिग्रिएपछि धरहरा बन्द सञ्चालनमा ल्याएको दुइ महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए । ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो, बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न…