मीनबहादुर गुरुङकाे फराकिलो मन : प्राकृतिक विपत्तिमा अग्रता
मीनबहादुर गुरुङकाे फराकिलो मन : प्राकृतिक विपत्तिमा अग्रता भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुरुङ दम्पतीले भेटेर प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा हुने गरी एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमणबाट सोमबार फर्केलगत्तै गुरुङ दम्पतीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरेको हो । उक्त खबर प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । ओलीले लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो…