कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाकोे समन्वयमा साउन १९ गते कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमाशिविर सञ्चालन गरिएको हो । बिहान ९ः३० बजेदेखि सुरु भएको शिविरमा कृष्णनगर र आसपासबाट आएका करिब ४५० बिरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । एक दिने शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोगलगायत रोगहरुको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु सर्वसम्मत चयन भएका छन् ।संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि मारुलाई अध्यक्षमा चयनगरेको हो । मारु लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् । नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्या समाधान, स्थायित्व, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ताकुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्नेउनले बताएका न् । सम्पूर्ण सिमेन्ट उद्योगीलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंबकिब तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित…

वीरगन्ज नाकाबाट ग्यास र हवाई इन्धन आयात घट्याे

वीरगन्ज नाकाबाट ग्यास र हवाई इन्धन आयात घट्याे मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार…

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाएर नयाँ नियुक्त

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाएर नयाँ नियुक्त सरकारले व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। प्राधिकरणका बोर्ड सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदमुक्त गरेको पत्र १८ गते लेखेको भए पनि उनीहरुलाई आजमात्र इमेलमा आएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले भने इमेलमार्फत आइतबार २ बजेर १५ मिनेट जाँदा पत्र पठाएकाले त्यसलाई मान्यता दिने कि कानूनी…

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ !

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ ! नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारका रुपमा लिनुपर्ने हुन्छ । हाल ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा रु ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित…

सामसङ फेरि शीर्ष स्थानमा

सामसङ फेरि शीर्ष स्थानमा विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरूको सूचीमा सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा अन्य ब्रान्डलाई पछि पार्दै सामसङ आफ्नो अग्रता कायम राख्न सफल भएको हो । क्यानलिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्मार्टफोन बिक्रीमा सन् २०२१ देखि नै सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा सामसङले विश्व बजारमा १८ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ । विभिन्न मूल्य रेन्जका फोन वितरण गर्ने सामसङको रणनीतिले यो सफलता दिलाएको विश्लेषण गरिएको छ । सामसङले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसका कारण डिस्प्ले, क्यामेरा, प्रोसेसर लगायतमा नवीनतम प्रविधिहरू उपलब्ध गराउन सक्षम…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल भुक्तानी सेवाप्रदायक ईसेवाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न आफ्ना ग्राहकलाई अपिल गरेको छ । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएकाले ईसेवाले यस्तो नियम पालना गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार अब कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त हुने रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । यसै सन्दर्भमा व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहन…

बुद्धको जहाजमा प्राविधिक समस्या जहाज काठमाण्डौ नै फर्कियो

बुद्धको जहाजमा प्राविधिक समस्या जहाज काठमाण्डौ नै फर्कियो काठमाण्डौ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखापरे पछि जहाज काठमाण्डौ नै फर्कियकों छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्ध एयर को जहाज काठमाण्डौमा नै फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यात्रु र जहाजमा केही क्षति भएको छैन । आज दिउसो ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो । जहाजमा के समस्या आयकों हो त्यो भने बताईएको छैन । हवाई क्षेत्रमा आधा आकाश कब्जा गर्न सफल बुद्ध एयरले आफ्नो छबि नबिगारोस भन्ने यात्रुको भनाइ रहेको छ ।

घट्याे डिजेल र पेट्राेलकाे मूल्य

घट्याे डिजेल र पेट्राेलकाे मूल्य नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल लाइफको ‘लिडरसीप एक्सलेन्स अवार्ड’ सम्पन्न

नेपाल लाइफको 'लिडरसीप एक्सलेन्स अवार्ड' सम्पन्न जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसीप एक्सलेन्स अवार्ड २०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आ.व २०८०÷८१ मा गरेको आउट स्ट्यान्डिङ पर्फमेन्सको लागि व्यक्तिगत र…