एक वर्षमा १४ खर्ब ६० अर्ब व्यापार घाटा
एक वर्षमा १४ खर्ब ६० अर्ब व्यापार घाटा सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहाेरेकाे छ । आर्थिक वर्ष २०८०/८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो । आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ थियो । भन्सार विभागका अनुसार एक वर्षमा नेपालले कुल आयात १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार…